चितवन । नेपालको एक मात्र आधिकारिक हुन्डाई सवारी साधन वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले भरतपुर, चितवनमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको विशेष अवसरमा ५ जना ग्राहकलाई क्रेटा ईभी सवारी हस्तान्तरण गरिएको छ । कार्यक्रम लक्ष्मी इन्टरकन्टिनेन्टलको स्थानीय डिलर पिनाकल ट्रेडिङ प्रा.लि.को आयोजनामा सम्पन्न भएको हो ।
ग्राहकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइएको कम्पनीले जनाएको छ । हुन्डाईले आफ्ना उच्च गुणस्तरीय सेवा, उचित मूल्य, र देशभर फैलिएको बिस्तृत सेवा सञ्जालमार्फत नेपालका ग्राहकहरूबीच विश्वास आर्जन गर्दै आएको छ । कम्पनीका अनुसार, नयाँ क्रेटा ईभी ग्राहकहरूको विद्युतीय सवारीप्रतिको रुचि र आवश्यकतालाई सम्बोधन गर्न ल्याइएको हो । अब ग्राहकहरूले सहज रुपमा निर्णय गरेर EV खरिद गर्न सक्ने वातावरण निर्माण भएको कम्पनीको भनाइ छ ।
साथै, ICE (Internal Combustion Engine) तथा EV दुवै मोडेलहरूमा आधारित सवारी साधन खरिद गर्दा सर्भिस, स्पेयर पार्ट्स तथा समर्थन सेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले देशभरका विक्रेतासँग सहकार्य गर्दै EV चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ । हाल RE-Lax चार्जिङ स्टेसनहरूबाट DC र AC दुवै चार्ज सुविधा उपलब्ध गराइएको छ, जसले EV प्रयोगकर्तालाई थप सहज बनाएको छ ।
कम्पनीका प्रतिनिधिहरूले कार्यक्रममा सहभागी ग्राहकहरूलाई हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी प्रदान गरेका थिए । भविष्यको स्मार्ट तथा दिगो यातायाततर्फको यात्रामा हुन्डाईको यो नयाँ कदमले नेपालमा विद्युतीय सवारीप्रतिको विश्वास र प्रयोगलाई अझ सुदृढ बनाउने विश्वास आयोजकको रहेको छ । कार्यक्रमको सफलतामा हातेमालो गर्ने सम्पूर्ण सहयोगीहरूलाई कम्पनीले आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी ग्राहक सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।




