हिमालयन बैंकले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र १०.७८९५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।उक्त प्रस्ताव हालै बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री