मेगा बैंकले ६.८५% लाभांश वितरण गर्ने

काठमाडौं । मेगा बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ६.८५ प्रतिशत अर्थात ७० करोड २८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

साथै, बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १.००२३३ प्रतिशत(अर्थात १० करोड ३० लाख रुपैयाँ) बोनस दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ  ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब २८ करोड रुपैयाँ रहेको छ । सो मात्राको बोनस पछि बैंकको चुक्ता पुँजी ८० करोड ७६ लाख रुपैयाँ कायम हुनेछ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री