‘केही भनेकै छैन’ भन्दै सुदीप र शान्तिश्री

काठमाडौं । सुदीप अधिकारी र शान्तिश्री परियारको स्वरको स्वरमा रहेको लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । सुदीपकै शब्द तथा संगीत कमल सौरागको संगीत संयोजन, कुमार रानामगरको मिक्सिङ तथा मास्टरिङ र खुमन राना र सुमन रानाको रेकर्डिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो सुदीपको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको भिडियोमा सुदीप बरालको छायांकन र मनोज कार्कीको दृश्य सम्पादन छ । गाउँले परिवेशमा खिचिएको भिडियोमा ग्रामीण जनजीवन समेटिएको छ ।

लेकबेंसी, गोठालो र पानी पँधेरो गर्दा युवायुवतीबीच बसेको प्रेम गीत र भिडियोमा समेटिएको छ । प्रेममा रहेको जोडीको प्रेमिल कल्पना, प्रेमिकालाई छोडेर टाढा जानुपर्दाको पीडा र त्यसक्रममा हुने युवायुवतीको संवाद गीतमा सुन्न र देख्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप