रेबिज लागेका ३२ वर्षीय प्रजाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका-२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।

निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो ।

उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि बुधबार मात्र अस्पताल भर्ना भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री