राष्ट्र बैंकद्वारा पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ। राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले बुधबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेकी हुन्।

गभर्नर ढुङ्गानाले प्रतिवेदन विभिन्न क्षेत्रको अध्ययन, सरोकारवालासँगको छलफल र देशभरका आर्थिक अवस्था मूल्याङ्कनको आधारमा तयार गरिएको जानकारी दिइन्।

सो अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले नीति निर्माणमा महत्वपूर्ण आधार दिने विश्वास व्यक्त गरेका थिए। “आगामी बजेटको तयारीमा प्रतिवेदन मार्गदर्शक बन्नेछ,” अर्थमन्त्री पौडेलका स्वकीय सचिवालयले जनाएको छ।

पूर्वबजेट समीक्षा प्रतिवेदनमा समष्टिगत आर्थिक संकेतकहरूको विश्लेषण, मौद्रिक तथा वित्तीय नीतिको अवस्था, निजी क्षेत्रको धारणा, लगानी प्रवाह, बजारको विश्वास र चालु आर्थिक वर्षको उपलब्धिहरूको समेटिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप