काठमाडौं । नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा ध्रुव भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले सर्वसाधारण सेयरधनीको प्रतिनिधि गर्दै कर्मचारी सञ्चय कोषका प्रतिनिधि भट्टराईलाई नियुक्त गरेको हो ।
यसअघि बैंकका पूर्व अध्यक्ष चन्द्र बहादुर अधिकारी भ्रष्टाचार गरेको पाइएपछि राष्ट्रबैंकले सञ्चालक समितिबाट पनि हटाएको थियो । त्यसयता खाली रहँदै आएको पदमा भट्टराईलाई नियुक्त गरिएको हो ।
तपाईंको प्रतिकृया




