काठमाडौँ । सरकारले क्यान्सरजस्ता जटिल रोगविरुद्धको अभियानलाई सशक्त बनाउँदै आगामी आर्थिक वर्षदेखि विशेष कार्यक्रम कार्यान्वयन गर्ने भएको छ।
शुक्रवार संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पाठेघरको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान सञ्चालन गरिने तथा १४ वर्षमुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार सुविधा प्रदान गरिने जानकारी दिएका हुन्।
राष्ट्रपतिले क्यान्सर र मृगौला प्रत्यारोपण सेवा सबै प्रदेशमा विस्तार गरिने उल्लेख गरे। यसका साथै, प्रत्येक वर्ष फागुन महिनालाई ‘नसर्ने रोग स्क्रिनिङ महिना’ घोषणा गरी नियमित स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिने घोषणा गरिएको छ।
स्वास्थ्य सेवा सुदृढ गर्न सरकारले अत्याधुनिक न्यूरो साइन्स केन्द्र स्थापना गर्ने योजना पनि अघि सारेको छ।
तपाईंको प्रतिकृया




