काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ८३ हजार ५ सय रुपैयाँमा कायम भएको छ । दैनिकजसो सानो घटबढ हुँदै आएको सुनको मूल्यमा पछिल्लो समय एकैदिन यस्तो ठूलो गिरावट देखिनु दुर्लभ मानिन्छ ।
यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ। मंगलबार प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५० रुपैयाँले घट्दै १ हजार ९१५ रुपैयाँमा झरेको छ ।
तपाईंको प्रतिकृया




