सरकारी वकिलको कार्यालयबाटै थुनुवा महिला हतकडीसहित फरार

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय कैलालीबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् । इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्‍याइएको बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्‍याएको थियो। महिला दिउँसो सवा २ बजे नै हतकडीसहित भागेको भए पनि २ बजेर ४० मिनेटमा मात्र सम्बन्धित टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेको थियो । दमाईको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री