कांग्रेस महामन्त्री गगन थापाविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाविरुद्ध अदालत अवहेलना मुद्दा दायर भएको छ ।

संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले डिल गरेको अभिव्यक्ति दिएपछि थापाविरुद्ध अवहेलना मुद्दा दायर भएको हो ।

थापाको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता विशाल थापालगायतले आज अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । थापाको मुद्दा सुनुवाइका लागि मङ्गलवारलाई पेशी तोकिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री