पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन

काठमाडौं । पूर्वप्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा पूर्व सूचना आयुक्त समाज गठन भएको छ ।

पूर्व सूचना आयुक्तहरूको अनुभव, ज्ञान, क्षमता र दक्षताको सदुपयोग गरी सूचनाको हकको संरक्षण र सम्वद्र्धनका पक्षमा समाज गठन गरिएको हो ।

सूचनाको हकका पक्षमा लागिरहने प्रतिबद्धतासहित सूचनाको हकका विषयमा सम्बद्ध पक्षलाई राय, सुझाव प्रदानगरी सहयोग गर्ने उद्देश्यले पूर्व सूचना आयुक्त समाज गठन गरिएको संयोजक गुरुङले जानकारी दिए ।

संयोजक गुरुङका अनुसार पूर्वप्रमुख सूचना आयुक्तहरू कृष्णहरि बास्कोटा र गुरुङसहित पूर्व सूचना आयुक्तहरू श्री आचार्य, सविता भण्डारी, किरणकुमार पोखरेल, कमला ओली र रत्नप्रसाद मैनालीको उपस्थितिमा पूर्व सूचना आयुक्त समाज गठन गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री