काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालको सत्ता गठबन्धनभित्र कुनै प्रकारको विवाद नरहेको बताएका छन् । थाइल्यान्ड भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो स्पष्टिकरण दिएका हुन् ।
सञ्चारकर्मीहरूले सत्ता गठबन्धनमा खटपट सुरु भएको चर्चा उठाएपछि देउवाले त्यसलाई सिधै अस्वीकार गरे । ‘त्यस्तो केही छैन,’ संक्षिप्त उत्तर दिँदै उनले सत्ता समीकरण परिवर्तन हुने जस्ता अड्कलहरूको पनि खण्डन गरे ।
देउवा केही दिनअघि परिवारसहित थाइल्यान्ड भ्रमणमा गएका थिए । भ्रमण सकेर स्वदेश फर्किएलगत्तै राजनीतिक स्थिरता र गठबन्धनको विषयमा उब्जिएका अड्कलबारे उनले स्पष्ट धारणा सार्वजनिक गरेका हुन् ।
तपाईंको प्रतिकृया




