काठमाडौं । अनलाइन बजार प्लेटफर्म दराज नेपालले ग्राहकहरूका लागि नयाँ अप्सनका रुपमा ’च्वाइस’ सार्वजनिक गर्ने भएको छ। यो अप्सनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका १ हजारभन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन्।
ती उत्पादनहरुको न्यूनतम मूल्य १ सय ३० रुपैयाँदेखि सुरु हुने जानकारी दिइएको छ। साथै, कम्पनीका तर्फबाट ती उत्पादनहरुको खरिदमा विशेष अफर तथा उन्नत लजिस्टिक सहयोग पनि प्रदान गरिनेछ।‘च्वाइस’ले एकै कार्ट र एकै वेयर हाउस प्रणाली मार्फत किनमेल प्रक्रियालाई अझ सहज बनाउने कम्पनीको विश्वास छ। यस प्रणालीले एकै पटक धेरै सामग्री किन्न, १ देखि ३ दिनभित्र द्रुत डेलिभरी प्राप्त गर्न, तथा ३ वा सोभन्दा बढी सामान खरिद गर्दा फ्रि डेलिभरीको सुविधा समेत उपलब्ध उपलब्ध गराउनेछ।
साथै, ४ वा सोभन्दा बढी सामग्री खरिद गर्ने ग्राहकले उपलब्ध स्टकमा आधारित भएर पहिलो आउनेलाई पहिलो प्राथमिकता दिइने फ्रि गिफ्ट पाउने सुविधा पनि प्राप्त गर्नेछन्। त्यसैगरी, १४ दिनसम्मको बिना झन्झट फिर्ता नीति, र ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’ तथा ‘फ्ल्याश सेल्स’ जस्ता रोमाञ्चक अफरहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
दराजको पे डे सेल (अप्रिल २५ देखि २९ सम्म) सँगै सुरु गरिने ‘च्वाइस’ मा ग्राहकहरूले ग्रोसरी, हाउसहोल्ड, पर्सनल केयर, मदर एण्ड बेबी, तथा हेल्थ एन्ड ब्युटीलगायतका विविध कोटामा युनिलिवर, प्रोक्टर एण्ड ग्याम्बल, ब्रिटान्निया, डाबर, गोद्रेज, पिल्ग्रिम, बेर एनाटमी लगायत पृथक तथा ट्रस्टेड ब्रान्डहरू मध्यबाट छानिएका उत्पादनहरू खरिद गर्न सक्नेछन्।
दराज एपमा होमपेज तथा ‘च्वाइस’ सर्च फिल्टरमार्फत यो अप्सनमा सजिलै प्रवेश गर्न सकिनेछ। यसले प्रयोगकर्तालाई सहज, सरल र उपयोगकर्तामैत्री अनुभव प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ।
‘हामीले ग्राहकहरूको स्तरीय किनमेल अनुभवप्रतिको बढ्दो अपेक्षालाई दृष्टिगत गर्दै ‘च्वाइस’ अप्सनको सुरुवात गर्न लागेका हौँ। गुणस्तरीय उत्पादनहरु उपयुक्त मूल्यमा, छिटो र निःशुल्क डेलिभरी सुविधासहित उपलब्ध गराउँदै दराजले आफ्नो ब्रान्ड वाचालाई अझ बलियो बनाएको छ’, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, ‘अप्सनका साथमा उपलब्ध हुने सजिलो फिर्ता नीतिले उपभोक्ताको किनमेल अनुभव अझै सरल र भरपर्दो बनाउने कुरामा हामी विश्वस्त छौँ। यसै माध्यमबाट हामी ग्राहकको विश्वासलाई थप मजबुत बनाउँदै बजार नेतृत्वलाई अझ सुदृढ गर्दै छौँ।’
च्वाइसको अवधारणा विशेष गरी बदलिँदो अनलाइन किनमेल प्रवृत्तिलाई ध्यानमा राखी तयार गरिएको उनको भनाइ छ। यसका माध्यमबाट सुविधा, गुणस्तर र मूल्यको उपयुक्त संयोजन प्रस्तुत गर्न सदैव प्रयासरत रहने कुँवरले बताइन्। ‘च्वाइसले ग्राहक अनुभवलाई समृद्ध बनाउनुका साथै, बिक्रेताका लागि दीर्घकालीन विकासको अवसर समेत पनि प्रदान गर्दछ’, दराजका ग्लोबल हेड अफ च्वाइस, जिआंग हान एडेलाले भने।




