अन्त्येष्टीका लागि त्रिवेणी लगियो सुदीपको शव

रुपन्देही । आतंकवादी हमलामा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । छिमेकी मुलुक भारतको काश्मिरमा मङ्गलबार आतंकवादीको आक्रमणमा उनको मृत्यु भएको थियो ।

बिहीबार बिहान भारतबाट बुटवलस्थित घरमा ल्याइए पुर्याइएको उनको शव केही बेर घरमा राखेपछि अन्तेष्टीका लागि लगिएको हो । उनको शव घर नआउँदै बुटवलवासीहरुको बाक्लो उपस्थिति रहेको थियो । उनको शव आएपछि सम्पूर्ण उपस्थितहरु भावविह्वल बनेका थिए ।

उनी आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि शनिवार काश्मिर गएका थिए । आतंककारीहरूले त्यहाँ पुगेका पर्यटकलाई एकैपटक घेराउ गरेर मुस्लिम र हिन्दुको कित्ता छुट्टाउन चेतावनी दिएका थिए ।

सुदिपका आमा, बहिनी र ज्वाइँ ज्यान जोखिम देखेर मुस्लिम भन्दै टाउको हल्लाएर बसे तर उनले अस्वीकार गरेर हिन्दु भएको बताएपछि ताकेर गोली हानेका थिए । सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री