शशांक कोइरालाको निवासमा चियापान : कांग्रेसभित्र नयाँ समूह निर्माणको संकेत

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शशांक कोइरालाले आज महाराजगन्जस्थित आफ्नै निवासमा चियापान कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रमको बहानामा भएको यो भेला राजनीतिक दृष्टिले निकै अर्थपूर्ण देखिएको छ ।

पूर्वपदाधिकारीहरूलाई विशेष रूपमा निम्त्याइएको चियापानमा नेता कोइरालाले आगामी महाधिवेशनलाई लक्षित गर्दै छुट्टै राजनीतिक समूह गठनको सम्भावनाबारे छलफल थालेका छन् । बैठकमा नेता कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, प्रकाशशरण महतजस्ता कांग्रेसका प्रभावशाली अनुहारहरू उपस्थित थिए ।

चियापानमा सहभागी अन्य नेताहरूमा एनपी साउद, दिलेन्द्र बडु, पुस्पा भुसाल, दीपक गिरी, अम्बिका बस्नेत, गुरु बराल, नैन सिंह महर, राजीव ढुंगाना र शिव हुमागाईं रहेका थिए। अधिकांश नेता तथा कार्यकर्ताहरू चियापानमा व्यस्त थिए, त्यहीबेला शशांक कोइरालासहितका केही पूर्वपदाधिकारीहरू भने छुट्टै कोठामा बसेर रणनीतिक बैठकमा संलग्न थिए ।

यस चियापान कार्यक्रमले कांग्रेसको आगामी महाधिवेशनमा नयाँ समुहबन्दी र शक्ति सन्तुलनका नयाँ समीकरणहरू जन्मिन सक्ने संकेत गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री