काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका-१०, शिवनगरस्थित घटियाघाट रोड नजिक मंगलबार बिहान जलेको अवस्थामा एक शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार बिहान करिब ६:४५ बजेतिर तोरीको भुसमा आगलागी भइरहेको देखिएपछि प्रहरीले अनुसन्धान गर्दा नजिकै एक जलेको मोटरसाइकल र मानवीय शव फेला परेको हो ।
हाल शवको पहिचान हुन बाँकी रहेको र घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । घटनाको रहस्य खुलाउन प्रहरी टोली सक्रिय रूपमा खटिएको छ ।
तपाईंको प्रतिकृया




