एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य, पुग्यो प्रतितोला २ लाख नजिक

काठमाडौं । नेपाली सुन बजारमा मंगलबार ऐतिहासिक उछाल देखिएको छ । एकैदिनमा छापावाल सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार अघिल्लो दिनको तुलनामा उल्लेख्य वृद्धि देखिएको हो । सोमबार तोलाको मूल्य १ लाख ९१ हजार रुपैयाँ थियो ।

सुनको मूल्यमा आएको यो तीव्र वृद्धि अन्तर्राष्ट्रिय बजारमा भइरहेको लगातारको वृद्धिसँग जोडिएको छ । विश्वव्यापी समाचार स्रोतहरूका अनुसार सुनको मूल्य अझै केही समय बढ्ने अनुमान गरिएको छ, जसको असर नेपाली बजारमा प्रत्यक्ष देखिएको छ ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धिको संकेत देखिएको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ रहेको चाँदी मंगलबार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री