मौसम बदलीको संकेत, जनजीवन प्रभावित हुनसक्ने

काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायूको आंशिक प्रभाव देखा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले गर्दा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ भने अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशीसहित अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा पनि मौसमको यथास्थिति धेरै हदसम्म यस्तै रहने बताइएको छ । कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था कायम रहनेछ। यी क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना कायमै रहेको छ ।

मौसममा देखिएको यस प्रकारको परिवर्तनका कारण कृषि, स्वास्थ्य, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै मौसम महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री