आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग  
वि.सं. वैशाख ०९, २०८२ इ.सन् 22 Apr, 2025 शक संवत् १९४७ नेपाल संवत् ११४५ (चौलागा) सिद्धार्थी संवत्सर उत्तरायण वसन्त ऋतु मंगलबार वैशाख कृष्णपक्ष तिथि नवमी, १३:१८ बजेपछि दशमी नक्षत्र श्रवण, ०८:२१ बजेपछि धनिष्ठा योग शुभ, १७:१९ बजेपछि शुक्ल करण गर, १३:१८ बजेपछि वणिज, २४:४३ बजेउप्रान्त भद्रा चन्द्रराशि मकर योग (आनन्दादि) लुम्ब दिनमान १२:५७ सूर्योदय ५:३५ सूर्यास्त १८:३२ दिन विशेष :  धनिष्ठा पञ्चक २०:१० बजे प्रारम्भ। भद्रा २४:४३ बजे सुरु ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासमा वृद्धि हुनेछ। धर्मकर्मतर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूबाट सहयोग मिल्ला। इष्टमित्रहरूसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई व्यापारमा नयाँ लगानीले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सम्बन्धले नयाँ समस्याहरू निम्त्याउन सक्ला। अप्ठ्यारो कार्यमा मेहनत गर्दा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विश्वासपात्रबाट विश्वासघात हुने सम्भावना रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा एकपछि अर्को अवसर मिल्नेछ। कृषि वा पशुपालनबाट राम्रो आयआर्जन गर्न सकिनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा रोकिएका कामहरू बन्नेछन्। सहयोगीहरूबाट सहयोग मिल्नेछ। कानुनी मामलाहरूमा सतर्क रहनुहोला। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा नियमित दिनचर्यामा बदलाव हुनाले मन प्रसन्न रहनेछ। बच्चाहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। नयाँ प्रेम प्रसंगमा अविश्वासको भावना जागृत होला सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मबलमा वृद्धि हुनेछ। आर्थिक दृष्टिकोणले समय लाभदायक रहेको छ। साहित्य वा लेखन कलामा निखार ल्याउन सक्नुहुनेछ। पारिवारिक सद्भावमा कमी आउला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुराना गरिएका कार्यबाट शुभ सूचना मिल्नेछ। छरछिमेकी र घर परिवारसँग रमाइलो समय बित्नेछ। व्यापारमा थप लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। पिताको सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। सामाजिक परिवेशमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मानसिक वा शारीरिक पक्ष सबल रहनेछ। पदस्थ व्यक्तिको साथ र सहयोग पाइनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस। नयाँ कार्यतर्फ अग्रसर भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विश्वास पात्रबाट धोखा मिल्ला। कार्यक्षेत्रमा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोला। स्वास्थ्य सबल रहनेछ तर खानपानमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज हजुर ऊर्जावान रहनुहुनेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। जीवनसाथीबाट उपहार मिल्ला। विद्यार्थीवर्गहरू लक्ष्यप्राप्तिको लागि निरन्तर प्रयास गरिरहनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री