काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दैछिन् । उनले संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औं सत्रमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
अप्रिल २१ देखि २५ सम्म बैंककमा आयोजना हुने उक्त सत्र ‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग’ भन्ने मुख्य विषयमा केन्द्रित हुनेछ । मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सत्रमा सहभागी हुनेछन् ।
नेपाल यस समय युएनस्केपको अध्यक्ष राष्ट्र भएकाले मन्त्री राणाले सत्रको अध्यक्षता गर्नुका साथै नेपालको तर्फबाट औपचारिक सम्बोधन पनि गर्ने कार्यक्रम रहेको छ ।
तपाईंको प्रतिकृया




