गृह मन्त्रालयको चेतावनी- अराजकतामा संलग्न जोसुकै कारबाहीको दायरामा ल्याइन्छ

काठमाडौं । अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने भन्दै गृह मन्त्रालयले कडा चेतावनी दिएको छ। संविधान र कानुनको उल्लंघन गरी समाजमा अराजकता फैलाउने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले यस्ता कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

गृह प्रवक्ता रामचन्द्र तिवारीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “संविधान र कानुनको ठाडो उल्लंघन गर्दै अराजकता प्रोत्साहित गर्ने गतिविधि स्वीकार्य हुने छैन। यस्ता गतिविधिमा संलग्न सबैलाई कानुनअनुसार कारबाही गरिनेछ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरूले शनिबार काठमाडौंमा प्रदर्शनको तयारी गरेका छन्। सो क्रममा निषेधित क्षेत्र तोड्ने अभिव्यक्तिप्रति मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ।

गृह मन्त्रालयले सबै पक्षलाई संयमित रहन र हिंसा तथा गैरकानुनी गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हिंसा र उत्तेजनामा उत्रिन सक्ने कुनै पनि गैरकानुनी कार्यमा संलग्न नहुन मन्त्रालय सबैमा अनुरोध गर्दछ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री