काठमाडौँ । सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । श्रेष्ठले पार्टीको ‘एक व्यक्ति, एक पद’ नीतिलाई कार्यान्वयन गर्न दबाब दिदै सहमहामन्त्री पदबाट राजीनामा दिएको बताइएको छ ।
आफु सांसदको भूमिकामा केन्द्रित हुनुपर्ने भएकाले पार्टीको संगठनात्मक जिम्मेवारी पूरा गर्न नसक्ने भन्दै उनले राजीनामा दिएको दाबि गरिएको छ । श्रेष्ठले अध्यक्ष रवि लामिछाने पार्टीमा पुनः फर्किएको दिन राजीनामा बुझाएपनि अहिलेसम्म सार्वजनिक रूपमा यसबारे जानकारी दिएकी छैनन् ।
उनले यस विषयमा आज बस्ने रास्वपाको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने बताइएको छ । रास्वपामा अन्तरिक कलह बढ्दै गएको चर्चा मिडिया र सामाजिक सञ्जालमा चुलिदै गर्दा श्रेष्ठको राजीनामाले आगोमा घ्यू थप्ने काम गरेको विश्लेषण गरिएको छ ।
तपाईंको प्रतिकृया




