कृषि बजार डिजिटल बनाउँदै प्रभु बैंक र व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीको सम्झौता सम्पन्न भएको छ । वैशाख १ गते एक औपचारिक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा समितिका अध्यक्ष नवराज दुवाडी र प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका छन् । सम्झौताले कास्की जिल्ला तथा अन्य क्षेत्रबाट उत्पादित तथा आयातित कृषि उपजहरूको बिक्री–वितरणलाई नगद रहित प्रणालीमा रूपान्तरण गर्ने उद्देश्य लिएको छ । कृषि बजारमा दैनिक भइरहने कारोबारलाई सहज बैंकिङ पहुँच तथा डिजिटल माध्यममार्फत प्रवाह गर्ने लक्ष्य राखिएको छ ।

समितिका अध्यक्ष दुवाडीले सम्झौता कार्यक्रमलाई व्यवसायिक पाटोबाट एक महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै बैंकप्रति आभार व्यक्त गरे । प्रभु बैंकका प्रदेश प्रमुख राजु रानाले डिजिटल बैंकिङ सेवा, क्यूआर कोड भुक्तानी, इन्टरनेट सेवा र आवश्यकतानुसार कर्जा सुविधा प्रदान गरिने जानकारी दिए ।

सम्झौताअनुसार प्रभु बैंकले समितिमार्फत सञ्चालित व्यवसायहरूमा डिजिटल भुक्तानी प्रणाली, क्यूआर कोड मार्फत कारोबार, इन्टरनेट सुविधा, साथै व्यवसाय विस्तारका लागि आवश्यक कर्जा सेवा पनि उपलब्ध गराउनेछ । यो साझेदारीले पोखराको कृषि बजारमा आधुनिक वित्तीय प्रणालीको सशक्त उपस्थिति सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री