उच्च अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २७.१४ अंकले बढेर दुई हजार ६८९.२२ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी आज कारोबार रकम पनि बढेको छ । आज कूल २ करोड १८ लाख ४१ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज २१२ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने ३४ वटा कम्पनीको मूल्य घटेको छ। त्यसैगरी, आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार बलेफी हाइड्रोपावरको भएको छ। सो कम्पनीको मात्र २ अर्ब १ करो२९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री