साताको सुरुआतमा नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा सुधार

काठमाडौं । आइतबार साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले ओरालो लागेको छ। आज नेप्से ८.६२ अंकले घटेर २,६६२.०८ विन्दुमा आइपुगेको हो।

यद्यपि सूचकमा गिरावट आए पनि कारोबार रकम भने केही सुधारिएको देखिन्छ। आज कूल १ करोड ३१ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २८ करोड २ लाख रुपैयाँ नाघेको छ।

नेप्सेले सार्वजनिक गरेको विवरणअनुसार, आज ८८ वटा कम्पनीको शेयरमूल्यमा वृद्धि देखिएको छ भने १५७ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको शेयर मूल्य यथावत् रहेको छ।

यस दिन गुडविल फाइनान्सको ऋणपत्र, नेपाल माइक्रो इन्स्योरेन्स, र क्रेष्ट माइक्रो लाइफ को शेयरमा सकारात्मक सर्किट लागेको छ, जसले ती कम्पनीहरूमा लगानीकर्ताको उच्च विश्वास झल्काउँछ।

त्यस्तै, कारोबारको हिसाबले सीईडीबी होल्डिङस लिमिटेड अग्रस्थानमा रह्यो। सो कम्पनीको मात्रै ४५ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री