निश्चित मापदण्ड बनाएर अगाडी बढ्ने : मुख्यमन्त्री शाह

कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय तह र प्रदेश सरकार बीच एउटा निश्चित मापदण्ड बनाएर अगाडी पर्ने बताएका छन् ।

बुधबार धनगढीमा सुदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीले आयोजना गरेको निर्वाचित पदाधिकारी र कर्मचारीबीच कार्य सम्पादन सुधारका लागि सकारात्मक सोच, अन्तरसम्बन्ध ब्यवस्थापन सम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले कुरा बताउनु भएका हुन् ।

उनले स्थानीयको आवश्यकतालाई कुन हदसम्म कुन मापदण्डको दायरामा ल्याएर सफल बनाउन सकिन्छ, त्यसतर्फ लाग्नु पर्ने बताए । हामीले संघ, प्रदेश वा स्थानीयलाई दोष नदिई पालिकाहरुको निश्चित मापदण्ड बनाउनु पर्नेमा उनको जोड थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप