ताराखोला गाउँपालिकाका वडाध्यक्ष मृत भेटिए

काठमाडौं ।  बागलुङको ताराखोला गाउँपालिका–३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन्। काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत भेटिएको बागलुङका डीएसपी विजय यादवले जानकारी दिए। वडाध्यक्ष भण्डारी झुण्डिनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको यादवले बताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप