गोदरेजको नयाँ वर्ष अफरमा के छ ?

काठमाडौँ । गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान सार्वजनिक गरेको छ। नयाँ वर्ष २०८२ को अवसरमा गोदरेजले ३० हजार रुपैयाँसम्मको क्यासब्याक र आकर्षक उपहारसहित यो अभियान ल्याएको हो।

कम्पनीका अनुसार ग्राहकले यस अभियानबाट चेस्ट फ्रिजर्स र सिंगल डोर रेफ्रिजेरेटरहरुमा आकर्षक क्यासब्याक पाउनेछन्। त्यसैगरी डबल डोर रेफ्रिजेरेटरमा निःशुल्क फ्राइ प्यान वा कासेरोल, साइड बाई साइड रेफ्रिजेरेटरमा निःशुल्क मिक्सर ग्राइन्डर पाइनेछ।

यसैगरी कम्पनीले अभियानमार्फत वासिङ मेसिन (टप लोड र ट्विन टब)मा निःशुल्क एरियल म्याटिक डिटर्जेन्ट (४ केजी÷२ केजी), माइक्रोवेभ ओभनमा निःशुल्क कुकिङ किट, एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन, निःशुल्क डेलिभरी र इन्स्टलेसन र वासिङ मेसिन मोटरमा १० वर्षको वारेन्टी पाइने गोदरेजले जनाएको छ।

सुविधाजनक खरिदका लागि शून्य प्रतिशत ईएमआई (किस्ता) सुविधा, पुराना सामान साट्ने सीजीएक्स एलेक्स सुविधालगायत पनि दिइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप