काठमाडौं । सीजीले नयाँ वर्ष अफर ल्याएको छ। कम्पनीले ‘लेभल अप विथ सीजी, लाइफ हुन्छ इजी’ योजना सार्वजनिक गरेको हो।
यही चैत २२ देखि लाभू भएको योजनाअनुसार ग्राहकले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरुको खरिदमा क्यासब्याकदेखि अन्य पक्का उपहारहरु पाउनेछन्।
कम्पनीका अनुसार ग्राहकले ६१ हजार ८ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन्। त्यसैगरी पक्का उपहारअन्तर्गत सीजी मेरिडिया गुगल टिभी (६५–१०० इन्च) खरिदमा २.१ स्पिकर, सेमिअटोमेटिक र टपलोड वासिङ मेसिन खरिदमा २ किलो एरियल पाउडर, फ्रन्टलोड वासिङ मेसिनको खरिदमा ६ किलोको एरियल पाउडर पाउनेछन्।
यसबाहेक साइड बाई साइड र मल्टिडोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर ग्राइन्डर, डिशवासर खरिदमा डिशवासर किट र एयर कन्डिसन खरिदमा निःशुल्क इन्स्टलेसन सेवा पाउने कम्पनीले जनाएको छ।
सीजी डिजिटलका आउटलेट र देशैभरका च्यानल पार्टनरबाट यो योजनामा सहभागी हुन सकिनेछ।




