बार्सिलोनाको शानदार जित, मेस्सीको ह्याट्रिक

काठमाडाैँ । स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि ५–० को भारी जित निकालेको छ । बार्सिलोनाको जितमा लियानल मेस्सीले ह्याट्रिक गरे ।

भ्यालेन्सियामा भएको खेलको ३० मिनेटसम्म बार्सिलोना बराबरीमा रोकिएको थियो । तर ३५ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । चोटबाट कमब्याक गरेका उनले लियानल मेस्सीको पासमा गोल गरे । त्यसपछि ४३ औं मिनेटमा लियोनल मेस्सी आफैँले गोल गर्दै टिमको अग्रता दुई शून्यमा पुर्‍याए ।

पहिलो हाफमा २ गोलले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थप्यो । जसमा ४७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ६० औं मिनेटमा अर्टुरो भिडालको पासमा मेस्सीले ह्याट्रिक पूरा गर्दा टिमको अग्रता चार शून्यमा पुग्यो । ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक थियो ।

खेलको ८८ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दा बार्सिलोना ५–० ले विजयी भयो । जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको सेभियासँगको दुरी तीन अंकमा कायम राखेको छ । बार्सिलोनाको ३४ र सेभियाको ३१ अंक छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस