बझाङमा पेस्तोलसहित एक पक्राउ

पार्वती ऐडी
बझाङ । जिल्लाको थलारा गाँउपालिकाबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् । गाँउपालिका ६ पिखेत नुवाघरका ५६ वर्षीय प्यारु मिजार पेस्तोलसहित पक्राउ परेका हुन् ।

घरबाट पेस्तोल लुकाइ राखेको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

इलाका प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले घरमा खानतलासी गर्दा एक थाल कटुवा पेस्तोल फेला परेको हो । पेस्तोलसहित पक्राउ परेको मिजारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री