बझाङमा पेस्तोलसहित एक पक्राउ

पार्वती ऐडी
बझाङ । जिल्लाको थलारा गाँउपालिकाबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् । गाँउपालिका ६ पिखेत नुवाघरका ५६ वर्षीय प्यारु मिजार पेस्तोलसहित पक्राउ परेका हुन् ।

घरबाट पेस्तोल लुकाइ राखेको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

इलाका प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले घरमा खानतलासी गर्दा एक थाल कटुवा पेस्तोल फेला परेको हो । पेस्तोलसहित पक्राउ परेको मिजारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । …

प्रतिकृया दिनुहॊस