पत्रकार रजकको परिवारलाई भेट्दै प्रधानमन्त्रीले भने, ‘दोषीलाई कडा कारवाही हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्। सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले दिवंगत पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई सान्त्वना दिएका हुन्।

प्रधानमन्त्री ओलीले घटनाको गम्भीर छानबिन भइरहेको बताउँदै दोषीहरूमाथि कडा कारबाही हुने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले सुरेश रजकको परिवारलाई आवश्यक सहयोगका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै मृतककी पत्नी सुजन रजकलाई रोजगारी तथा अन्य व्यवस्थाका लागि पहल गरिने आश्वासन दिए।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाजुहरू रमेश रजक र दिनेश रजकलगायत परिवारका सदस्यहरू सहभागी थिए।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले एक घरमा बसेर प्रदर्शन गरिरहेको बेला पत्रकार रजकले फोटो तथा भिडियो खिचिरहेका थिए। सोही क्रममा प्रदर्शनकारीद्वारा गराइएको आगलागीमा परी उनको ज्यान गएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री