त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि कालोमोसो

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन नसकेको भन्दै निर्वाचन अधिकृत अंगदमणि गौतममाथि कालोमोसो दलेको छ। नेपाल विद्यार्थी संघका बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले निर्वाचन समितिको बैठकका क्रममा गौतममाथि आक्रमण गरेका हुन्।

निर्वाचन समितिले आयोजना गरेको बैठकमा उम्मेदवार बनेका सबै पक्ष उपस्थित थिए। बैठकमा निर्वाचन अधिकृत गौतमले आगामी मतदानका लागि गरिएका तयारीबारे जानकारी गराइरहेका बेला बानियाँ र श्रेष्ठले आक्रोशित हुँदै कालोमोसो प्रहार गरेका थिए।

त्रिचन्द्रमा पटक–पटक निर्वाचनको मिति तोकिए पनि विवादका कारण चुनाव हुन सकेको छैन। अब मंगलबार निर्वाचन तय गरिएको छ। केही समूहले मतदान रोक्न योजना बनाइरहेको आरोप त्रिचन्द्रका विद्यार्थी नेताहरूले लगाएका छन्।

घटनापछि निर्वाचन अधिकृत गौतमले आफूलाई लक्षित गरी दुर्व्यवहार गरिएको भन्दै खेद प्रकट गरेका छन्। उनका अनुसार, ‘जसरी पनि निर्वाचन रोक्ने मानसिकताका साथ आएका बानियाँ र श्रेष्ठले अपशब्द प्रयोग गर्दै ममाथि मसी प्रहार गरे ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री