नयाँ वर्षमा यामाहाको ‘थ्रिल अफ थ्री’ अफर, १ लाखसम्म नगद पुरस्कार जित्ने मौका

काठमाडौं । नयाँ वर्ष २०८२ को सुरुवातसँगै यामाहा नेपालले मोटरसाइकल र स्कुटर प्रेमीहरूका लागि ‘थ्रिल अफ थ्री’ नामक रोमाञ्चक स्किम सार्वजनिक गरेको छ। एमएडब्लू राइड्स अन्तर्गत सञ्चालन हुने यामाहा नेपालले तीन चरणमा नगद पुरस्कार जित्ने अवसरसहित यो उत्सव अभियान सुरु गरेको हो।

कम्पनीका अनुसार, यस स्किम अन्तर्गत सहभागीहरूले तीनवटा अलग(अलग तरिकाबाट नगद पुरस्कार जित्न सक्नेछन्। पहिलो अफरमा, यामाहाको नयाँ वर्ष स्किम “थ्रिल अफ थ्री” को विज्ञापन आफ्ना सामाजिक सञ्जालमा शेयर गर्ने सहभागीले तुरुन्तै १ हजार रुपैयाँ जित्ने मौका पाउनेछन्।

दोस्रो अफर अन्तर्गत, नजिकको यामाहा शोरूममा गई आफूले शेयर गरेको स्किमको स्क्रिनसट देखाउने ग्राहकले ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन्। तेस्रो अफरमा भने ब्रान्ड न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकलाई १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने अवसर दिइनेछ।

यामाहाले उक्त स्किमसँगै उपभोक्ताहरूका लागि थप लाभहरू पनि उपलब्ध गराएको छ। जसमा स्पट एक्सचेन्ज, सजिलो फाइनान्स, र चयन गरिएका मोडेलहरूमा ० प्रतिशत ब्याज दरमा ईएमआईको सुविधा पनि समावेश छन्।

कम्पनीले ‘थ्रिल अफ थ्री’ स्किमलाई केवल अफर मात्र नभई यामाहाको इनोभेसन, ग्राहक प्रतिवद्धता र उत्कृष्ट राइडिङ अनुभवको प्रतिबिम्बको रूपमा व्याख्या गरेको छ। यामाहा मोटरसाइकल तथा स्कुटरहरू एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्स चाहने प्रयोगकर्ताका लागि विशेष रूपमा डिजाइन गरिएका छन्।

नेपालभर आफ्नो सशक्त उपस्थिति बनाएको यामाहा नेपालले ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै उच्चस्तरीय प्रविधि र उत्कृष्ट सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले ‘थ्रिल अफ थ्री’ स्किममार्फत नयाँ वर्षमा रोमाञ्चक यात्रा सुरु गर्न सबैलाई आह्वान गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप