काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि बैठक स्थगित भएको हो ।
बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए । तर, विपक्षीहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलका सांसदहरू र सत्तारूढ सांसदहरू बोल्न पाउनुपर्ने मागसहित होहल्ला गरेका छन् । बैठकको लाइभ प्रशारण भने भएको छैन । सभामुखको सचिवालयका अनुसार प्राविधिक समस्या देखिँदा बैठक लाइभ प्रशारण नभएको हो ।
तपाईंको प्रतिकृया




