म भागेको छैन, ज्यान जोगाउन मन्दिरमा बसेको छु : दुर्गा प्रसाईँ

काठमाडौँ । संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू फरार नभएको दाबी गरेका छन् । उनले आफूलाई हत्या गर्न खोजिएको थाहा पाएपछि ज्यान जोगाउन काठमाडौँकै एउटा मन्दिरमा सुरक्षित बसेको बताए । आज एक मन्दिर अगाडि फेसबुक लाइभ आएर भिडियो वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चैत १५ गते बिहानैदेखि विभिन्न भेसभुसामा बसेका युवा संघ, पुलिस प्रशासनका केही व्यक्ति सिभिल ड्रेसमा हतियारसहित अर्काको घरमा चढेर बसेका कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिई कन बाटोबाट गोली र टियरग्याँस हान्न थालेको बताएका छन् ।

उनले भने ‘मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्ने रहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ ।’

उनले राजावादी आन्दोलनमा बढी मान्छे हुन्छन् भनेर कलंकी, गौशाला, बसपार्कको मास आउन नदिएको बताए । उनले जुलुस बाटोबाटोमा रोकेर १५ मिनेट अगाडिदेखि रणभूमि बनाएको बताए ।

उनले आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको बताए । भने ‘म सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको हो । प्रहरीप्रति दुस्मनी होइन । पर्न गएको चोटमा क्षमा चाहन्छु ।’

उनले आफू नरहेको बताए । प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको उनले बताए ।
भने ‘दुर्गा प्रसाईं टाढा छैन । १२ भाइ मिडिया हात धोएर लाग्या छन् । म भागेको छैन, भाग्दिनँ । पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । मलाई गोञ्जालो बनाएर दबाउन खोजिएको छ । त्यसैले सुरक्षित मात्रै बसेको हो । प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ । म भाग्दिनँ । बरु तपाईँहरूकै अगाडि मर्छु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री