काठमाडौं । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड)का अनुसार, शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
समाचार संस्था सिन्ह्वाका प्रारम्भिक रिपोर्टअनुसार, भूकम्पको केन्द्रबिन्दु जमिनको १० किलोमिटर गहिराइमा रहेको छ। यो भूकम्प २१.९० डिग्री उत्तर अक्षांश र ९५.६५ डिग्री पूर्व देशान्तरमा केन्द्रित भएको जनाइएको छ।
भूकम्पको झट्का छिमेकी मुलुक थाइल्यान्डसम्म महसुस गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार, भूकम्पपछि थाइल्यान्डको राजधानी बैंककमा सयौं मानिसहरू त्रसित भएर भवनहरूबाट बाहिर निस्किए। प्रत्यक्षदर्शीहरूका अनुसार, मानिसहरू आतिइ सडकतर्फ दौडिएका थिए।
हालसम्म म्यानमारमा भूकम्पका कारण कुनै ठूलो क्षतिको विवरण प्राप्त नभएको बताइएको छ।
तपाईंको प्रतिकृया




