विजय भए पहिलो ‘भ्वाइस अफ नेपाल’, जिते २५ लाख

काठमाडाैँ । टेलिभिजन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को पहिलो नेपाल संस्करण  सिडी विजय अधिकारीले जितेका छन्। शुक्रबार राति कतारमा भएको फाइनलमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जितेका हुन्।

‘द भ्वाइस अफ नेपाल’को विजेताका रूपमा उने २५ लाख रुपैयाँको नगद पुरस्कार पनि पाएका छन्। अधिकारी टिम दीपबाट फाइनलमा पुगेका थिए।

विजेताको प्रतिष्पर्धाको लागि सुनप पौडेलको टिमबाट सप्तक दुतराज, अभया सुब्बा टिमको तर्फबाट कुशल आचार्य र  टिम प्रमोदको तर्फबाट श्रृजे थपलियाले प्रतिष्पर्धी थिए।

‘द भ्वाइस’ अन्तराष्ट्रिय फ्रान्चाइज भएको सागीतिक रियालिटी शो हाे। यो शो नेपालसहित संसारका १९२ देशमा संचालन हुँदै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री