साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनको लागि यस कम्पनीले चैत १ गतेदेखि बुक क्लोज गर्दैछ ।

फागुन २८ गते बिहीबार सार्वजनिक विदा भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश पाउँनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत ११ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री