दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार पनि उच्च अंकले घटेको नेप्से परिसूचक आज २०.६८ अंकले घटेर २७५१.५२ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम पनि घटेको छ आज ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर खरिद विक्री भएको छ  ।

त्यस्तै, आज ४४ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ  ।

आज नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ। कम्पनीको ७३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री