चौतारी लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै

काठमाडौँ । चौतारी लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदैछ ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार अहिले १२ बजे एनआइबिएल एस क्यापिटलकै कार्यालयमा बाँडफाँट हुनेछ । चौतारीको आइपिओमा २ लाख ६३ हजार ५ सय जनाले १ करोड ७१ कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले मंसिर १९ गतेदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपिओका लागि बिक्रि खुला भएको थियो । ६ लाख कित्ता मध्ये ९ हजार ३ सय कित्ता अर्थात ०.५० प्रतिशत सेयर कर्मचारी र ३० हजार कित्ता अर्थात पाँच प्रतिशत म्युचुअल फण्डलाइए छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो । यो आइपिओका लागि रेटिङ एजेन्सीले ४ ग्रेड दिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाउने लक्ष्य लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस