थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो, परीक्षण बाँकी

काठमाडौं । काठमाडौं थापाथलीमा मंगलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।

‘पाइप मर्मत र जडानको काम बिहान आज ४ मात्रै काम सकियो । चुहावट परीक्षण गर्न भल्भ र वासआउट भल्भको व्यवस्था गरिएको छ । उक्त कार्यको सफल परीक्षणपश्चात आजै पानी वितरण पुनः सुरु गर्नेछौं’, उनले भने ।

मंगलबार बिहानै पाइप फुट्दा थापाथली क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडक समेत अवरुद्ध भएको थियो । थापाथलीको सडकमा पाँच लाख लिटर पानी खेर गएको थियो । खानेपानीमन्त्री प्रदीप यादवले थापाथलीमा के कारणले मेलम्चीको पाइप लाइन फुटेको हो सो विषयमा पत्ता लगाउन पनि केयुकेएललाई निर्देशन दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री