काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरूले जनयुद्धको नाममा गरेको हिंसा र अत्याचारलाई कडा आलोचना गर्दै टिप्पणी गरेका छन् । उनले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीले जनयुद्ध बेचेर आफ्नो स्वार्थ सधैँ पूरा गरेको टिप्पणी गरेका हुन् ।
उनले भने ‘राजतन्त्र माओवादीले रुकुम र रोल्पाबाट हुँकार गरेर, सिंहदरबार र नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर आएको होइन । यो मुलुकमा क्रान्ति जनताको बहुदलीय जनवादको बाटोबाट सम्पन्न भएको हो ।’
मन्त्री गुरुङले २०६५ साल जेठ १५ गतेको ऐतिहासिक घटनालाई स्मरण गर्दै भने, ‘तपाईंलाई थाहा छ, त्यस दिन ६०१ जना सांसदहरूको मध्ये ५९६ जनाले राजतन्त्रलाई अस्वीकार गर्दै गणतन्त्र र लोकतन्त्रको पक्षमा मतदान गरेका थिए । यसबाट शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुरा प्रमाणित हुन्छ र यसले माओवादीको जनयुद्धको गलतपनलाई पुष्टि गर्छ ।’
उनले माओवादीको क्रान्ति र हिंसात्मक क्रियाकलापलाई जनताको हितको लागि नठान्दै त्यसलाई आतंकवादको रुपमा चिनेका बताए । ‘माओवादीले जुन हिंसा र अत्याचार गरेको थियो, त्यो कुनै पनि राजनीतिक मुद्दाको कारण थिएन, बरु यो एकदम असभ्य र क्रुरता थियो,’ मन्त्री गुरुङले भने ।
माओवादीले भनेको अनुसार ूहतियार बिना कम्युनिस्ट पार्टी हुँदैनू भन्ने धारणा गलत रहेको भन्दै उनले अगाडि भने, ‘अब माओवादी केन्द्र नाम राखे पनि माओवादीका सिद्धान्तको कुनै औचित्य छैन । जब माओवादी नेताहरू उपराष्ट्रपति, सभामुख, र प्रधानमन्त्रीको पदमा पुगेका छन्, तब उनीहरूको माओवादले विश्वका माओवादीलाई कहाँ पुर्याएको छरु संसारभरका माओवादी अहिले पनि मृत्युको सिकार भइरहेका छन् ।’




