दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार उच्च अंक ७५.२४ ले उकालो लागेको बजार आज १३.६२ अंकले घटेर २ हजार ८७६.६६ विन्दुमा बन्द भएको हो।

आज १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बराबरको ३ करोड १२ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीहरुमध्ये ५१ कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार

त्यस्तै, सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ। कम्पनीको १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री