काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले सफलतापूर्वक बीवाईडी हाई–टेक विक सम्पन्न गरेको छ।
चीनबाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो। सबै उमेर समूहका अवलोकनकर्ताहरुबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको सो इभेन्टमार्फत उनीहरुले दिगो मोबिलिटीको भविष्यलाई प्रत्यक्ष देख्ने अवसर पाएका थिए।
यसैबीच, बीवाईडी हाई–टेक विकको एक महत्वपूर्ण क्षणको रुपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रुपमा रहेको १० लाख १० हजारौं बीवाईडी एट्टो ३ डेलिभरी गर्नु रहेको थियो। यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रुपान्तरण र यसको एक महत्वपूर्ण बजारको रुपमा नेपाल रहेको तथ्यलाई पुनः पुष्टि गर्नुका साथै देशमा बढ्दो बीवाईडीको उपस्थितिलाई समेत दर्शाएको कम्पनीले उल्लेख गरेको छ।
यो महत्वपूर्ण माइलस्टोनका साथै नेपालमा सफलतापूर्वक सम्पन्न भएको बीवाईडी हाई–टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ । सो अफर आगामी मार्च ९ सम्म जारी रहने छ । यसले विश्वसनियता र ग्राहक सन्तुष्टीका लागि बीवाईडीको अटुट प्रतिबद्धतालाई दर्शाउने कम्पनीको दाबी छ।
हाई–टेक विकको अवसरमा अवलोकनकर्ताहरुले विभिन्न सवारी साधनमा भएका प्रविधिको अभुतपूर्व प्रदर्शन अनुभव गर्ने अवसर पाएका थिए। जसमा अतुलनीय सुरक्षा र दिगोपना झल्काउने ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट, दक्षता र कार्यक्षमता झल्काउने ई–प्लेटफर्म ३.० तथा कम्पास टर्न, ट्यांक टर्न र अटोमेटिक पार्किङ जस्ता इन्टेलिजेन्ट भेइकल कन्ट्रोल फिचरहरु लाइभ शोकेस गरिएको थियो।




