काठमाडौँ । सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे ।
आजको कान्तिपुर दैनिक लेख्छ– गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट ।
प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ । सरकारले घाइते उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकोले विरोधस्वरुप विष सेवन गर्न लागेको उनले बताए ।
तपाईंको प्रतिकृया




