पाल्पामा जीप दुर्घटना : तीन दिनकी सुत्केरीसहित ५ जनाको मृत्यु

बुटवल । पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यू हुनेको संख्या ५ पुगेको छ । विहिबार राती ८ बजे भएको दुर्घटनामा सुत्केरी महिलासहित ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यू हुनेमा ४१ बर्षका तीन दिनकी सुत्केरी भुमीकुमारी दर्लामी, चालक वर्ष २० का विरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल र ७१ वर्षका रेवत बहादुर जिसी छन ।  मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् ।

सुत्केरी दर्लामीको तानसेन स्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पताल जनाएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना भएको थियो ।

रातीको समयमा साँघुरो र अप्ठेरो बाटोमा हुदा भित्तामा ठोकिएर दुर्घटना भएको हुन सक्ने पुर्बखोला २ वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिए ।  जिप करिब पाँच सय मिटर तल खोचमा खसेको छ ।

दुर्घटनास्थल तानसेनबाट ४० किलोमिटर टाढा पर्छ । घाइते तीन जनाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भाडा बढी नअसुल्न निर्देशन दिइसके : मन्त्री पाण्डे

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल …

प्रतिकृया दिनुहॊस

This will auto close after