कालिञ्चोकले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा साबिकका सेयरधनीलाई प्रतिसेयर सय रुपैयाँ दरका ६० लाख कित्ता बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको रजिष्टर्ड कार्यालयमा आइतबार आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र कालिञ्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री