कुम्भ मेलाबाट फर्किँदै गर्दा सवारी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

काठमाडौँ । भारतको कुम्भ मेला स्नान गर्न गएका तीन जना तीर्थालुको सवारी दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको देवदहबाट स्नान गर्न गएका उनीहरूको सोमबार दुर्घटनामा परि मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेका अनुसार मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेकी छन् ।

कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटनामा परेको हो । दुर्घटना परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् ।

गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ । घाइते हुनेहरूमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।

उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री